२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

नुवाकोट कांग्रेसको क्षेत्रीय सभापतिमा वैकुण्ठजंग पाण्डेको उम्मेदवारी

१७ कात्तिक, नुवाकोट । नेपाली कांग्रेसको क्षेत्रीय सभापतिमा बेलकोटगढी ११ का बैकुण्ठजंग पाण्डेले पनि उम्मेदवारी दिएका छन । मंसिर ३ गते हुने निर्वाचनमा पाण्डेले क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका हुन ।

कांग्रेसका पुराना नेता पाण्डे यसअघि नै काग्रसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भएका व्यक्ति हुन । कार्यकर्ता संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका पाण्डेसँग बेलकोटगढी १३ का श्याम ढुंगानाले प्रतिस्पर्धा गर्दैछन । पाण्डे पूर्ण राजनीतिमा छन भने ढुंगाना व्यवसायी हुन ।

नुवाकोटको क्षेत्र नं. २ प्रदेश (क) को क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएपछि पाण्डेले सहयोगका लागि पार्टी कार्यकर्तामा अपिल समेत गरेका छन । पाण्डेले कांग्रेस नेताहरू डा रामशरण महत, डा प्रकशशरण महत, बहादुरसिंह लमा र अर्जुननरसिंह केसीको साथ पाएका छन ।

प्रकाशित मिति : November 3, 2021 at 6:27 pm