३१ श्रावण २०८३, आइतबार | Mon Aug 17 2026

एमालेको विधान महाधिवेशनले पारित गरेका दस्तावेज १० औँ महाधिवेशनमा टेबुल गरिने

१७ कात्तिक, काठमाडौँ । एमालेको विधान महाधिवेशनले पारित गरेको प्रतिवेदन आगामी पार्टीको १०औँ महाधिवेशनमा जानकारीका लागि मात्र पेस गरिने भएको छ । पार्टीको १०औँ महाधिवेशनका विषयमा जानकारी दिन बुधबार केन्द्रीय प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा विभाग प्रमुख योगेश भट्टराईले विधान महाधिवेशनले पारित गरेका दस्तावेजलाई १०औँ महाधिवेशनमा जानकारीका लागि टेबुल गरिने जानकारी दिएका हुन् ।

महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गरेको एमालेले चिवतनमै महाधिवेशन गर्ने फेरि दोहोर्‍याएर जानकारी दिएको छ । उक्त महाधिवेशनमा विभिन्न राजनीतिक दलका प्रतिनिधिदेखि कूटनीतिक नियोगका प्रतिनिधिलाई पनि आमन्त्रण गरिने जानकारी दिइएको छ ।

महाधिवेशनको उद्घाटन सत्रमा करिब पाँच लाख जना सहभागी हुने प्रमुख भट्टराईले जानकारी दिए । उनका अनुसार निर्वाचनमार्फत नै नेतृत्व चयन गरिनेछ ।

प्रकाशित मिति : November 3, 2021 at 2:17 pm