कांग्रेस भारतको इशारामा चल्ने पार्टी हो, यसले नेपालको हैन भारतको हित हेर्छः नेता जैशी
१६ कात्तिक, अछाम । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्या तथा जिविस महासंघका प्रवक्ता कृष्णप्रसाद जैशीले नेपाली कांग्रेस भारतको इशारामा चल्ने पार्टी भएको बताएका छन् । उनले कांग्रेस भारतको इशारामा चल्ने पार्टी भएको र यसले नेपालको हैन भारतको हितमात्र हेर्ने ।
एमाले साँफेबगर नगर कमिटीको प्रथम अधिवेशन कार्यक्रममा प्रमुख अतिथि रहेका जैशीले एमालेको पहिलो पटक बनेको सरकारले गरेका विभिन्न लोकप्रिय कार्यहरुको विरोध गर्ने कांग्रेसले देशको ढुकुटी रित्यायो, कनिका छरेको आरोप लगाए पनि अहिले ती कार्यक्रमहरु लोकप्रिय रहेको बताएका हुन् ।
यस्तै उनले कांग्रेस भारतलाई ढोग्ने पार्टी भएको समेत आरोप लगाए । नगर कमिटी अधिवेशनाम बोल्दै प्रदेश कमिटी सदस्य जैशीले अहिले नेकपा एमालेबाट चोईटिएर जानेहरु पदको लोभि भएर समाजवादी पार्टीमा लागेको बताए । उनले एमालेबाट समाजवादीमा जाने नेता तथा कार्यकर्ताहरुलाई एमालेका कार्यकर्ताहरुले दिएको भोटलाई सम्झेर एमालेमै फर्किन आग्रह समेत गरे ।
यस्तै प्रथम नगर अधिवेशन कार्यक्रमका विशिष्ठ अतिथि तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य हर्कबहादुर कुँवर गोविन्दले एमालेका कार्यकर्ताहरुले सूर्य चिन्हबाट चार जना सांसदहरुलाई प्रदेश सभामा निर्वाचित गराए पनि अहिले आफू बाहेक अरु तीन जनाले एमाले छाडेर समाजवादी पार्टीमा लागेर जनताले दिएको मतको अपमान गरेको बताए ।

उनले सूर्य चिन्हबाट चुनाव जितेर फरक पार्टीमा जाने सांसदहरुलाई जनताले दिएको मतको पाप लाग्ने समेत दाबी गरे । उनले भने,एमाले पार्टीले पार्टीको निर्देशन अनुसार काम गर्ने नेता तथा कार्यकर्ताहरुको मुल्यांकन गरेको ठोकुवा गरे ।
नगर अधिवेशन उद्घाटन कार्यक्रममा एमाले वन तथा वातावरण विभाग केन्द्रीय सदस्य देवबहादुर कुँवर,जिल्ला कमिटी सचिवालय सदस्य प्रकाश शाह, लाल बहादुर खड्का, जंग बिक, कृष्णबहादुर शाह, बालगिरी कुँवर, रमेश कुँवर,सागरसिंह बाब्ली, केशर मियाँ, जिल्ला कमिटी सचिवालय सदस्य तथा सााफेबगर नगर कमिटी ईञ्चार्ज पशुपति कुँवर, प्रवासी नेपाली संघ भारतका केन्द्रीय सदस्य आकाश कुँवर, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य दीपक कुँवर, नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रीय सदस्य बि.एस.ओड, जिल्ला कमिटी सल्लाहकार सदस्य लक्ष्मण खड्का, क्षेत्रिय कमिटी उपसचिव ललित कुँवर, प्रेस चौतारी नेपालका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य पुष्पराज भट्ट, साँफेबगर नगरपालिका वडा नम्बर १४ बा वडा अध्यक्ष कर्णबहादुर साउँद, युवा संघका जिल्ला अध्यक्ष हिरेण्ड कुँवर, अनेरास्ववियुका जिल्ला सदस्य भिम बडाहित लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।
प्रकाशित मिति : November 2, 2021 at 8:38 pm










