२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

बागमती प्रदेशमा भडेल भौतिक पूर्वाधार र खनाल आन्तरिक मामिलामन्त्री बन्दै

११ कात्तिक, हेटौंडा । आज नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि पाण्डे मुख्यमन्त्री बन्न लागेका हुन् ।

 

उनले आजै शपथ ग्रहण गर्ने र सानो आकारको मन्त्रिपरिषद् गठन गर्दैछन् । बागमती प्रदेशमा नेपाली काँग्रेस संसदीय दलको उपनेता कृष्णलाल भडेल भौतिक पूर्वाधारमन्त्री, एकीकृत समाजवादीबाट संसदीय दलका उपनेता कृष्णप्रसाद खनाल आन्तरिक मामिलामन्त्री र माओवादीबाट संसदीय दलका उपनेता कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्ने भएका छन् ।

प्रकाशित मिति : October 28, 2021 at 3:03 pm