वागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी पेस
१० कात्तिक, हेटौंडा । वागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेले दाबी पेस गरेका छन् ।

बुधबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि बिहीबार ३ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए । विपक्षी गठबन्धनले ५९ सांसदको समर्थनसहित एकीकृत समाजवादीका सांसद पाण्डेलाई मुख्यमन्त्रीमा दावी पेस गरेको हो ।
प्रकाशित मिति : October 27, 2021 at 5:48 pm










