नुवाकोटको ककनीमा शेशमान लामाको अध्यक्षतामा एमालेको नयाँ नेतृत्व
१० कात्तिक, नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकामा नेकपा एमालेको नयाँ नेतृत्व चयन भएको छ । मंगलबार भएको पालिकाको प्रथम अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो ।
अधिवेशनले शेशमान लामाको अध्यक्षतामा ७५ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा पवन फूयाँल, सचिवमा योगेन्द्र तामाङ र उपसचिवद्धयमा यमबहादुर तामाङ र कोपिला तामाङलाई सर्वसम्मत चयन गरेको छ ।
पालिका अधिवेशनको नेकपा एमाले नुवाकोटका पूर्व सचिव एवं बागमती प्रदेश कमिटीका सदस्य काशिराज अधिकारीले उद्घान गरेका थिए । उनले सबै नेता कार्यकर्ताको व्यवस्थापन गरेर अघि बढ्ने बताए ।
अधिकारीले एमाले अबको चुनावमा स्पष्ट बहुमतसहितको पहिलो पार्टी हुनुपर्ने भन्दै त्यसका लागि सबैले तयारी गर्नुपर्ने र विगतमा एमाले नेतृत्वको सरकारले गरेका सबै काम जनताकोबीचमा जानकारी गराउनुपर्ने बताए ।
सो अवसरमा एमालेकै बागमती प्रदेश कमिटीका सदस्य राजु लामाले पनि सम्बोधन गर्दै एमालेप्रति युवाको आकर्षण रहेको भन्दै उनीहरूको भविष्य सुनिश्चित गर्न लाग्नुपर्ने बताए ।

प्रकाशित मिति : October 27, 2021 at 10:18 am










