६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

काठमाडाैँ मलमा नेपाल बैंकको एटिएम संचालन

८ कात्तिक, काठमाडाैँ । नेपाल बैंक लिमिटेडले काठमाडौँको सुनधारा स्थित कर्मचारी कोष भवन, काठमाडाैँ मलमा नयाँ एटिएम संचालनमा ल्याएको छ ।

कात्तिक ७ गते आइतबार आयोजित एक कार्यक्रममा बैंकको काठमाडौँ बैंकिङ् अफिसका प्रमुख सुन्दर पन्थी, प्रधान कार्यालय बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख, अर्जन बहादुर कँडेल तथा काठमाडौँ मलका व्यवस्थापक विष्णुहरी ढकाल, व्यापार संघका अध्यक्ष शिवप्रसाद ढकाल,उपाध्यक्ष मुरारी कोईराला लगायतका पदाधिकारीहरुको उपस्थीतीमा उक्त एटिएम संचालनमा ल्याइएको थियो ।

प्रकाशित मिति : October 25, 2021 at 2:44 pm