१५ कार्तिक २०८३, शनिबार | Sat Oct 31 2026

संविधानभन्दा माथि कोही छैन लोकतन्त्रभन्दा ठूलो केही छैनः रवि लामिछाने

१४ कात्तिक, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति (रास्वपा) सभापति रवि लामिछानेले संविधानभन्दा माथि कोही नभएको र लोकतन्त्रभन्दा ठूलो केही नभएको बताएका छन् ।
पार्टीको सचिवालय बैठकपछि कार्यालयबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले संविधान र लोकतन्त्रप्रति रास्वपा प्रतिवद्ध रहेको बताए ।

सभापति लामिछानेले संविधानप्रदत्त अधिकारलाई नै हवाला दिने र त्यसविरुद्धका गतिविधि स्वीकार्य नहुने चेतावनी दिए ।

उनले भने, ‘यसमा कहिले पनि दुविधा कसैले गर्नुपर्दैन । संविधान र लोकतन्त्र भन्दा माथि कोही पनि छैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने त्यो सजायको भागिदार हुनुपर्नेछ, त्यसले जिम्मेवारी लिनुपर्दछ भन्ने कुरा हामीले स्पष्ट रूपमा भनिसकेका छौँ। पार्टीले पनि निर्णय गरेको छ ।’

प्रकाशित मिति : October 31, 2026 at 7:42 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/