२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

तीन हजार माओवादी कार्यकर्तासहित दुर्गा प्रसाईं एमालेमा, ओलीले गरे स्वागत

७ कात्तिक, काठमाडौँ। व्यवसायी दुर्गा प्रसाईं तीन हजार माओवादी कार्यकर्तासहित एमाले प्रवेश गरेका छन ।आईतबार बिर्तामोडमा आयाेजित विशेष कार्यक्रममा व्यवसायी प्रसाईंसहित तीन हजार माओवादी कार्यकर्ता एमाले प्रवेश गरे ।

उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर स्वागत गरे । सो क्रममा ओलीले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्नुपर्नेमा जोड दिएका छन् ।

‘जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तयार गरौँ’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा विभिन्न पार्टीमा सक्रिय रहेका नेता कार्यकर्ताहरूलाई एमाले प्रवेश गराइएको छ ।

प्रकाशित मिति : October 24, 2021 at 2:47 pm