२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

एमालेको वडा अधिवेशन तोकिएकै मितिमा हुने

४ कात्तिक, काठमाडाैँ । नेकपा एमालेको वडा तथा पालिका अधिवेशन तोकिएकै मितिमा हुने भएको छ । बिहीबार च्यासलमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको वडा र स्थानीय तहको निर्वाचन आमरुपमा तोकिएकै मिति ६ कात्तिक र ९ कात्तिकमै अधिवेशन हुने बताए ।

‘तर जहाँ बाढी पहिरो डुबानले प्राकृतिक विपत्तिले गम्भीर असर पारेको छ त्यहाँ केही दिन पर सार्ने निर्णय भएको छ । तर कात्तिकभरिमा हामी सबै वडा र तहमा अधिवेशन गरिसक्छौं,’ उनले भने ।

प्रकाशित मिति : October 21, 2021 at 8:33 pm