३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

१० औँ महाधिवेशन चितवनमा गर्ने एमालेको निर्णय

४ कात्तिक, काठमाडौँ । नेकपा एमालेको १० औँ महाधिवेशन चितवनमा गर्ने निर्णय भएको छ । बिहीबार बसेको पार्टी स्थायी कमिटी बैठकले १० औँ महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।

यसअघि हिजोमात्र भएको बागमती प्रदेश कमिटीको अधिवेशन आयोजक कमिटीले पार्टीको महाधिवेशन बागमती प्रदेशभित्रै गर्न माग गरेको थियो ।

बिहीबार बसेको स्थायी कमिटी बैठकले प्रदेश कमिटीको माग बमोजिम महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो । महाधिवेशन आयोजनाका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन भएको छ ।

प्रकाशित मिति : October 21, 2021 at 7:16 pm