ओलीलाई रावलको जवाफः १० बुँदे सहमति ‘एकतारे’ होइन ११ तारे विगुल हो
३ कात्तिक, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उपाध्यक्ष डा भीमबहादुर रावलले १० बुँदेबारेको टिप्पणीका सम्बन्धमा जवाफ दिएका छन । बुधबार साँझ ट्वीटर मार्फत उपाध्यक्ष रावलले एमाले भित्रको १० बुँदे सहमति ‘एकतारे’ नभई पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे विगुल भएको प्रष्ट पारेका छन ।

बुधबार दिउँसो बागमती प्रदेशको अधिवेशन आयोजक कमिटीको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले काठमाडौंको एक कार्यक्रममा अब १० बुँदे सहमतिको ‘एकतारे’ बजाइरहनु आवश्यक नभएको बताएका थिए । त्यसको जवाफ दिँदै रावलले १० बुँदे सहमति संस्थागत भइसकेको समेत स्पष्ट पारेका छन ।
उनले लेखेका छन, ‘१० बुँदे सहमति ‘एकतारे’ होइन पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे विगुल हो। यसको धुन संस्थागत भइसकेको छ। सबैले ठण्डा दिमागले सुन्नु स्वास्थका लागि लाभदायक छ।’

प्रकाशित मिति : October 20, 2021 at 10:46 pm










