२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

एमालेको १० औँ महाधिवेशन बागमती प्रदेशमै गर्न प्रदेश कमिटीको माग

३ कात्तिक, काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेशको अधिवेशन आयोजक कमिटीले पार्टीको १० औँ महाधिवेशन बागमती प्रदेशमा गर्नुपर्ने प्रस्ताव पारित गरेको छ ।

बुधबार राष्ट्रियसभा गृहमा जारी अधिवेशन आयोजक कमिटीको बैठकमा प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले बैठकमा पार्टीको १० महाधिवेशन बागमती प्रदेशमा गर्न माग गर्ने प्रस्ताव पेश गरेका थिए ।

उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको प्रदेश कमिटीका सदस्य समेत रहेका एमाले नेता बलरामा आचार्यले जानकारी दिए । बैठक अहिले पनि जारी छ । एमालेको आठौँ महाधिवेशन रूपन्देहीको वुटवलमा भएको थियो भने नवौँ महाधिवेशन काठमाडौँमा भएको थियो ।

प्रकाशित मिति : October 20, 2021 at 1:54 pm