२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

माधव नेपालको पार्टीका केन्द्रीय सदस्य झम्क कडेँल र प्रेम महर्जन एमालेमै फर्किए

३ कात्तिक, काठमाडौँ । माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादी पार्टीका दुई जना केन्द्रीय सदस्य नेकपा एमालेमै फर्किएका छन । माधव नेपालले जिम्मेवारी तेकेर कार्यविभाजन गरिसकेका दुई केन्द्रीय सदस्यले उनको पार्टी छाडेका हुन ।

त्यसरी नेकपा एस छाडेर एमलेमै फर्किनेमा ललितपुरका प्रेम महर्जन र रामेछापका झम्क कडेँल रहेका छन । उनीहरू दुबैलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएको थियो ।

बुधबार काठमाडौँको राष्ट्रियसभा गृहमा भएको एमालेको बागमती प्रदेको अधिवेशन आयोजक कमिटीको बैठकमा महर्जन र कडेँल उपस्थित भएर आफूहरू मुलघर एमालेमै रहेको बताए ।

प्रकाशित मिति : October 20, 2021 at 1:30 pm