अहिलेकै अवस्थामा एमालेसँग चुनाव लड्न कांग्रेसका लागि कठिन छः वरिष्ठ नेता पौडेल
३ कात्तिक, काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माधवकुमार नेपाल समूह चोइटिए पनि एमाले कमजोर नभएको बताएका छन । धादिङमा भएको एक कार्यक्रममा पौडेलले एमाले पार्टी नफुटेको समेत जिकिर गरेका छन ।
‘एमालेसितको लडाइँ सामान्य छैन, एमाले अझै कमजोर छैन, एमाले सिंगै छ, फुटेको छैन । सशक्त प्रतिस्पर्धा छ,’ शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले एमालेसँग लड्न नसक्ने दाबी गर्दै पौडेलले भनेका छन, ‘त्यसका लागि कांग्रेस कस्तो हुनुपर्ने हो ? कति सक्षम हुनुपर्ने हो ? यस्तै खिचिमिचीले एमालेसँग लड्न सकिँदैन ।’ पाैडेलको बोलेको भिडियो तल हेर्न र सुन्न सक्नुहुन्छ ।
प्रकाशित मिति : October 20, 2021 at 9:03 am










