३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

रामकुमारी झाँक्रीको गृह जिल्लामा मुस्किलले बन्यो जिल्ला कमिटी, तल्ला कमिटी बन्न कठिन

२ कात्तिक, गुल्मी । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीको गृह जिल्ला गुल्मीमा बल्ल तल्ल जिल्ला कमिटी बनेको छ । मुस्किलले बनेको कमिटीले सोमबार पूर्णता पाएको छ । जिल्ला कमिटीमा बस्नेसम्म कार्यकर्ता नभेटिएपछि गुल्मीमा जिल्ला कमिटी बनाउने काम पछि सरेको थियो ।

सोमबार तम्घासमा आयोजित पार्टीको प्रथम जिल्ला भेलाले श्रीराम महतको अध्यक्षतामा ८१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । जिल्ला कमिटी उपाध्यक्षमा चन्द्र सुनार र झवि पाण्डेय रहेका छन् । त्यस्तै सचिवमा रोहित कँडेल, उपसचिवमा निर्मला भट्टराई र राजेन्द्र सुनार रहेका छन ।

जिल्ला कमिटी बन्न पनि मुस्किल भएका कारण समाजवादीलाई गुल्मीमा गाउँ कमिटी र वडा कमिटी बनाउन अझै कठिन देखिएको छ । नेकपा एमालेका प्रभावशाली नेताहरू सचिवद्धय गोकर्ण विष्ट र प्रदीप ज्ञवालीको गृह जिल्ला भएका कारण समाजवादीलाई संगठन निर्माणमा कठिन भएको हो । गुल्मीको सबै जसो पूर्व एमालेका नेता कार्यकर्ता मुल पार्टीमै रहेका छन ।

प्रकाशित मिति : October 19, 2021 at 8:42 am