१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

तेस्रो किस्पाङ गाेल्डकप फुटबलको उपाधि भूमेदेवीलाई

१ कात्तिक, नुवाकोट। तेस्रो किस्पाङ गाेल्डकप फुटबलको उपाधि भूमेदेवीले प्राप्त गरेको छ । समाज सेवा युवा क्लबले किस्पाङ ५, फिकुरीमा आयोजना गरिएको तेस्रो किस्पाङ गाेल्डकप फुटबल प्रतियोगितामा भूमेदेवी फुटबल टिम प्रथम, ठूलोगाउँ फुटबल टिम दाेश्राे र ताजी फुटबल टिम तेस्रो भएको हो ।

फुटबलमा विजयी टिमका खेलाडीहरुलाई एक समारोहबीच बागमती प्रदेशका भाैतिक पुर्वाधार विकास मन्त्री केशव राज पाण्डेले मेडल तथा ट्रफि प्रदान गरेका थिए । असोज १९ देखि भएको फुटबल प्रतियोगिता ३१ गते समापन भएको हो ।

मेडल बितरणपछि बागमती प्रदेशका भाैतिक पूर्वाधार मन्त्री पाण्डेले प्रदेश सरकारले समग्र खेलकुद क्षेत्रकाे बिकास गर्ने हरेक पालिकामा स्तरीय खेलमैदान सहित रंगशाला बनाउने नीति रहेकाे बताए । उनले युवाहरूको माग अनुसार खेलकुद क्षेत्रको विकासका लागि सरकार अन्य कामका लागि पनि तयार रहेको बताए ।

सोही कार्यक्रममा बागमती प्रदेशसभा सदस्य आसामाया तामाङले खेललाई जीवनसँग जोडेर अघि बढाउनुपर्ने बताइन । सो अवसरमा किस्पाङ गाउँपालिका प्रमुख छत्र लामाले खेल क्षेत्रको समग्र विकासका लागि नागरिकको सुझाव लिएर अघि बढ्न तयार रहेको बताए ।

सो कार्यक्रममा नेकपा एमालेको बागमती प्रदेश कमिटी सदस्य विजय लाेप्चन, मेन्चुङ तामाङ, बेलकाेटगढी नगर कमिटीका अध्यक्ष नवराज तिवारी, किस्पाङ गाउँ कमिटीका अध्यक्ष बिरवल तामाङ, विदुर नगर कमिटीका सचिव अनुज कुमार श्रेष्ठ लगायतका स्थानीय नेता तथा प्रबुद्ध व्यक्तित्वहरुकाे उपस्थित रहेको थियाे ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार १२:२९