२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

नुवाकोटको किस्पाङमा कांग्रेस र माओवादीको जग भत्कियो, १०० बढी नेता र कार्यकर्ता एमालेमा

१ कात्तिक, नुवाकोट । नुवाकोटको किस्पाङमा नेपाली कांग्रेस र माओवादीको जग भत्किएको छ । कांग्रेस र माओवदीको जगको रूपमा किस्पाङका क्रियाशिल एक सय भन्दा बढी नेता कार्यकर्ता आइतबार नेकपा एमालेमा प्रवेश गरेका छन ।

पछिल्लो समय नेकपा एमाले किस्पाङ गाउँ कमिटीका अध्यक्ष वीरबल तामाङले गाउँमै रहेर युवाहरू स्वरोजगार बनाउन उत्प्रेरित गरिरहेका छन । उनी आफैँ व्यवसायिक कृषि कर्ममा पनि रहेका छन । जसका कारण युवाहरू एमालेप्रति आकर्षित देखिएका छन ।

आइतबार किस्पाङ गाउँपालिकाको वडा नम्बर ५ मा भएको कार्यक्रममा नेकपा एमालेका प्रभावशाली युवा नेता एवं बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशव पाण्डेले एमालेको सदस्यता दिँदै युवाहरूलाई स्वागत गरे । उक्त कार्यक्रममा कांग्रेस र माओवादीका एक सय भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको अध्यक्ष तामाङले जानकारी दिए ।

कार्यक्रममा किस्पाङकै स्थायी घर भएकी बागमती प्रदेश सभा सदस्य आसामाया तामाङ, नेकपा एमाले बागमती प्रदेश सदस्य विजय सिं लोप्चन, मेन्चुङ लामा, नेकपा एमाले किस्पाङ गाउँ कमिटीका अध्यक्ष बिरवल तामाङ, बेलकोटगढी नगर कमिटीका अध्यक्ष नवराज तिवारी, विदुर नगर कमिटीका सचिव अनुज कुमार श्रेष्ठ, नेकपा एमाले किस्पाङका नेता चरिमाया तामाङ, गंगा बहादुर तामाङ लगायत उपस्थित रहेका थिए ।

प्रकाशित मिति : October 18, 2021 at 7:10 am