२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

गजेन्द्रलाई मन्त्री बनाउने प्रधानमन्त्री र प्रधानन्यायाधीशमा नैतिकता देखाउने आँट छ ?

२४ असोज, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नैतिकता देखाउनुपर्ने बताएका छन् ।

व्यापक विरोधपछि उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिएको भन्दै रावलले अब उनलाई मन्त्री बनाउने प्रधानमन्त्री देउवा, गठबन्धनका शीर्ष नेताहरू र प्रन्या चोलेन्द्र राणाले नैतिकता देखाउने आँट गर्नुहुन्छ कि गर्नुहुन्न? भनि ट्विटरमा प्रश्न गरेका छन् ।निहीत स्वार्थमा विधि, प्रणाली र नैतिकता मिच्नेहरूले नै देशलाई संकटतर्फ धकेल्दै आएको उनको भनाइ छ ।

प्रकाशित मिति : October 10, 2021 at 9:53 pm