लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ
२४ असाेज, काठमाडाैँ । सरकार गठन भएको करिब दुई महिनापछि लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै आजै प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुलाई शपथ गराएका हुन् । कांग्रेसबाट मन्त्री बनेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पाल्पाका वीरबहादुर राना, वन वातावरण तथा भूसंरक्षण मन्त्री बाँकेका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रुपन्देहीका वसिउद्दिन खाँले शपथ लिएका छन् ।
त्यस्तै माओवादी केन्द्रबाट मन्त्री बनेका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री दाङका इन्द्रजित थारु, आन्तरिक मामिला तथा सञ्चारमन्त्री बनेका बर्दियाका तिलकराम शर्माले पनि शपथ लिएका छन् । नेकपा एकीकृत समाजवादीकी रमा घर्तीले कानून, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको शपथ लिएकी छन् ।

कांग्रेसबाटै मन्त्री बनेका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ र पर्यटन राज्यमन्त्री रिना नेपाल विकले पनि शपथ लिएका छन् । माओवादी केन्द्रबाट स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बनेकी दाङकी विमला खत्री वली र कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री बनेकी सुष्मा यादवले पनि शपथ लिएकी छन् ।
यस्तो छ नयाँ मन्त्रिपरिषद्
कुलप्रसाद केसी, मुख्यमन्त्री
डिल्लीबहादुर चौधरी, मन्त्री पर्यटन, ग्रामिण तथा सहरी विकास
कृष्णध्वजबहादुर चौधरी, मन्त्री आर्थिक मामिला तथा सहकारी
सहसराम यादव, मन्त्री भौतिक पूर्वाधार विकास
तिलकराम शर्मा, मन्त्री आन्तरिक मामिला तथा सञ्चार
इन्द्रजीत राई, मन्त्री स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण
वीरबहादुर राना, मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाई
सुरेन्द्रबहादुर हमाल, मन्त्री वन, वातावरण तथा भू–संरक्षण
अजय शाही, मन्त्री उद्योग वाणिज्य तथा आपूर्ति
रमा घर्ती, मन्त्री कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
सुमन शर्मा रायमाझी, मन्त्री कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था
पूर्मति ढेँगा, मन्त्री श्रम रोजगार तथा यातायात व्यवस्था
बसीउद्दिन खाँ, मन्त्री शिक्षा, विज्ञान, युवा तथा खेलकुद
विमलाकुमारी खत्री, राज्यमन्त्री स्वास्थ्य
अर्जुनकुमार श्रेष्ठ, राज्यमन्त्री जलस्रोत
सुष्मा यादव, राज्यमन्त्री कृषि
रिना नेपाल विक, राज्यमन्त्री पर्यटन
प्रकाशित मिति : October 10, 2021 at 4:57 pm










