२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

आज विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य, एमालेको अर्को सत्ता पनि गुम्ने डर

२४ असोज, हेटौँडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आज आइतबार सदनमा विश्वासको मत लिने भएकी छन् । प्रदेशसभामा अल्पमतमा रहेकी उनी मुख्यमन्त्री बनेको ५४औँ दिनमा विश्वासको मत लिन लागेकी हुन् ।

दिउँसो ३ बजे प्रदेशसभाको हिउँदे अधिवेशन बस्दैछ । सोही अधिवेशनमा मुख्यमन्त्री शाक्य विश्वासको मत लिन लागेकी हुन् ।१ सय ९ सदस्यीय प्रदेशसभामा शाक्यको दल नेकपा एमालेका ४३ सांसद मात्र छन् । प्रदेशसभाको विश्वास लिन शाक्यले ५५ सांसदको समर्थन जुटाउनुपर्छ।

प्रदेशसभामा नेपाली कांग्रेसको २२, माओवादी केन्द्रको २३, नेकपा एकीकृत समाजवादीका १३ गरी ५८ सांसद छन् ।गठबन्धनबाहिर विवेकशील साझाका ३, राप्रपा र नेमकिपाको २ र एकजना स्वतन्त्र सांसद छन् । यी सबै दलले अष्टलक्ष्मीलाई साथ दिए पनि ५१ मात्र पुग्छ । जुन सरकार गठनका लागि अपर्याप्त हुन्छ। बागमतीमा नेकपा एसबाट नयाँ मुख्यमन्त्री बनाउने संघकाे सत्ता गठबन्धनकाे तयारी छ ।

प्रकाशित मिति : October 10, 2021 at 8:10 am