२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

प्रचण्डको गृह जिल्लामै माओवादीमा पहिरो, चिनिएका नेताहरू हुलका हुल एमालेमा

२३ असोज, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको गृह जिल्ला चितवनमै माओवादीमा पहिरो चलेको छ । पछिल्लो साता हुलका हुल माओवादी कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्न थालेका छन । प्रचण्डको निर्वाचन क्षेत्रकै माओवादी नेता एमाले प्रवेश गरेको केही सातामै फेरि राप्ति नगरपालिकामा पनि एक हुल माओवादीका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन ।

चितनवको राप्ती नगरपालिकामा शनिबार आयोजित कार्यक्रममा माओवादीसहित विभिन्न पार्टी परित्याग गरी ४५ जना नेता कार्यकार्ता एमालेमा प्रवेश गरेका छन् ।  एमाले पार्टी प्रवेश गर्नेहरुमा नेकपा माओवादी क्रान्तिकारी, नेकपा माओवादी केन्द्रका नेता, वाईसिएल, एकिकृत समाजवादीका वडा सदस्यहरु, नेपाली कांग्रेसका कार्यकर्ता रहेको एमाले नेता सुरेन्द्र पाण्डेले दैनिकीलाई जानकारी दिए ।

उनीहरुलाई नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवं प्रदेशका पूर्वमन्त्री दावा लामाले टिका लगाएर पार्टीमा स्वागत गरे ।

नेकपा एमाले राप्ती नगरपालिका–२ वडा कमिटिले आयोजना गरेको कार्यक्रममा उनीहरु एमाले प्रवेश गरेका हुन् । नेकपा माओवादी क्रान्तिकारीका नेता शिवराज कँडेल, राप्ती–२ वाईसिएल सह–इन्चार्ज सागर चाम्लिङ राई, एकिकृत समाजवादीको युवा संघ अध्यक्ष यहुन्ना स्यानतान, नेकपा माओवादी केन्द्र राप्ती–२ वडा सदस्य राजन घिमिरे र सुरज विश्वकर्मा, समाजवादीका वडा सदस्यहरु पुकार राई, पवन राई, प्रसुन राई, कांग्रेस प्रतिनिधी रमा उप्रेती बन्जरा रहेका छन ।

नवप्रवेसीहरुलाई नेताद्वयसँगै वडा कमिटी अध्यक्ष दुर्गा बहादुर सारु, नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्यहरु इमानसिंह लामा, गोविन्द कँडेल, प्रभा बराल, श्यामलाल विश्वकर्मा, राप्ती–२ वडाध्यक्ष श्यामसुन्दर उप्रेती, युवा नेता कमल पाठक, महिला नेतृहरु पुष्पा कुँवर, दिलकुमारी थिंङ, आईतीमाया दराई, युवा नेता निर्देशन त्रिपाठीलगायतको स्वागत गरे ।

  

प्रकाशित मिति : October 9, 2021 at 5:40 pm