२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

कांग्रेस गोरखाको सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत

१८ असोज, पोखरा । नेपाली कांग्रेसको गोरखा जिल्ला सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार भएको जिल्ला अधिवेशनमा न्यौपानेको मात्र उम्मेदवारी परेपछि सर्वसम्मत चयन भएका हुन् ।

महाधिवेशन प्रतिनिधिमा पनि उनी सर्वाधिक मत ल्याएर विजयी भएका थिए । नेपाल विद्यार्थी संघको जिल्ला सभापति हुँदै जिल्ला कार्यसमितिको सचिवका रूपमा काम गरिसकेका उनी पार्टीभित्र लोकप्रिय मानिन्छन् ।

न्यौपानेलाई नवनिर्वाचित पालिका सभापतिहरूले हस्ताक्षरसहित समर्थनको निर्णय गरेका थिए । उनलाई गोरखा नगरपालिका मेयर राजनराज पन्तले प्रस्ताव र प्रदेशसभा सांसदका प्रत्यासी राजेन्द्र बजगाईंले समर्थन गरेका थिए । सभापति सर्वसम्मत भए पनि अन्य पदमा भने मतदान हुने भएको छ ।

प्रकाशित मिति : October 4, 2021 at 6:24 pm