१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

अफसोर कम्पनीमा केन्याका राष्ट्रपतिको परिवारको तीन करोड डलर अवैध धन

१८ असोज, नैरोबी । केन्याका राष्ट्रपति युहुरु केन्याटाको परिवारको नाममा अफसोर कम्पनीमा वषौंदेखि लाखौं डलर लुकाएर राखेको पानामा पेपर्सको दस्तावेजमा खुलासा गरिएको छ । राष्ट्रपति केन्याटा र उनको परिवारका ६ जनाको नाममा १३ अफसोर कम्पनीमार्फत तीन करोड डलर रकम लुकाएको खुलासा भएको हो ।

सन् २००३ मा पानामा भेराइज नाममा केन्यामा फाउन्डेसन स्थापना गरिएको थियो र त्यसको पहिलो संरक्षक केन्याटाकी ८८ वर्षीया आमा एन्जिना राखिएको थियो । त्यस्तै, दोस्रो संरक्षकमा राष्ट्रपति केन्याटाको नाम थियो । आमाको मृत्युपछि छोरा स्वतः उत्तराधिकारी हुने व्यवस्था थियो ।

सम्पत्तिको वास्तविक मालिकको खोजी हुन थालेपछि पानामा फाउन्डेसनमा केन्याका राष्ट्रप्रमुखको लगानी रहेको सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार १४:३२