२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

भागबन्डामा न्यायालयः सर्वोच्च बारका पदाधिकारीले भेटे प्रधानन्यायाधीशलाई

१८ असोज, काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग भेट गरेको छ । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा पदाधिकारीले सोमबार बिहान प्रधानन्यायाधीश जबरालाई उनकै कार्यकक्षमा भेट गरेको हो ।

भेटमा मन्त्रिपरिषदमा प्रधानन्यायाधीशले भागबन्डा मागेको, संवैधानिक परिषद्सम्बन्धी मुद्दामा प्रधानन्यायाधीश रहने/नरहने विवाद संवैधानिक इजलासबाट टुंगो लगाउने सहमति कार्यान्वयन नभएकोलगायत समसामयिक विषयमा छलफल हुने एक पदाधिकारीले बताए ।

भेटवार्ता अहिले पनि चलिरहेको छ । प्रधानन्यायाधीशले पनि सरकारमा आफ्नो तर्फबाट मन्त्री मागेको समाचार बाहिरिएपछि उनी विवादमा तानिएका छन् ।

प्रकाशित मिति : October 4, 2021 at 12:15 pm