१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

प्यान्डोरा पेपर्सः पुटिनकी प्रेमिकाको नाममा १० करोड डलर अवैध सम्पत्ती

१८ असोज, काठमाडाैँ । रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले प्रेमिकाका लागि मंहगो अर्पाटमेन्ट, एउटा याचसहित करिव दश करोड डलर बराबरको अवैध सम्पत्ती जम्मा गरिदिएको खुलासा भएको छ ।

अमेरिकाको वासिंगटन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको सञ्जाल ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले देशबाहिर कर छल्न स्थापना गरिएका अफशोर कम्पनीवारे तयार पारेको दस्तावेज प्यान्डोरा पेपर्सले यस्तो सार्वजनिक गरेको हो ।

राष्ट्रपति पुटिन आफ्नो गृह जिल्ला सेन्ट पिटर्सवर्गको उपमेयर भएदेखि नै रसियाली सुन्दरी स्भेटलाना क्रिभोनोगिखसँग जोडिएका छन् । ४६ वर्षीय स्भेटलानाको तर्फबाट पुटिनको एक छोरीसमेत भएको बताइन्छ ।

अफसोर कम्पनीमार्फत क्यारिवियन र भर्जिन आइल्यान्डमा स्भेटलानाले अबैध कारोबार गरेको आईसीआइजेको दस्तावेजमा उल्लेख छ । पुटिनले स्भेटलानाका लागि सेन्ट पिटर्सवर्गमा एउटा फ्ल्याट र महत्वपूर्ण सम्पत्ती जोहो गरेको दस्तावेजमा उल्लेख छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार ०८:४२