२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

नेपाली कांग्रेस कालीकोट जिल्ला सभापतिमा अम्बबहादुर शाही

१८ असोज, कालीकोट । नेपाली कांग्रेस कालीकोट जिल्ला सभापतिमा अम्बबहादुर शाही चयन भएका छन् । सातौँ जिल्ला अधिवेशनबाट उपसभापतिमा मीनबहादुर बोगटी र नन्दबहादुर शाही ‘घमन’ तथा सचिवमा नगेन्द्र विष्ट र मात्रिका सिंह चयन भएका हुन् ।

अन्य पदाधिकारी र महासमिति सदस्य पनि सहमतिमा चयन गर्ने प्रयास भइरहेकाे कांग्रेस कालीकोटका सचिव नगेन्द्र विष्टले बताए ।

सभापति शाही कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन भने उपसभापति बाेगटी प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा पक्षका हुन् । अर्का उपसभापति शाही पौडेल पक्षका हुन् । सचिव विष्ट पौडेल पक्षका हुन् भने सिंह देउवा पक्षका हुन् ।

प्रकाशित मिति : October 4, 2021 at 8:25 am