एमालेमाथि चौतर्फी आक्रमण भयोः केपी ओली
१७ असोज, काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीमाथि चौतर्फी आक्रमण भएको बताएका छन् । तीन दिनदेखि जारी पार्टी प्रथम विधान महाधिवेशनमा आफूले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै आइतबार अध्यक्ष ओलीले एमालेमाथि चौतर्फी आक्रमण भएका बताएका हुन् ।
एमालेको विचार र संगठनमाथि आक्रमण भएको भन्दै उनले एमाले कमिटी र सामूहिक नेतृत्व र छलफलमा विश्वास गर्ने बताए । विधान महाधिवेशनका बेला गरिएको प्रचार प्रसार र अध्यक्ष ओलीलाई देवत्वकरण गरिएको भन्दै टिप्पणी भएकोप्रति पनि जवाफ दिँदै अध्यक्ष ओलीले भने, ‘एमालेमाथि चौतर्फी हमला भएका छन् ।

विचार र संगठनमाथि हमला भएको छ । एमालेको महाधिवशेनमा ब्यानर र झण्डा नदेखिए के देखिन्छ त । हामी व्यक्ति पूजक होइनौँ, हामी अन्धधर्ममा विश्वास गर्दैनौँ । कमिटी र सामूहिक नेतृत्व र छलफलमा विश्वास गर्छौँ ।’
प्रकाशित मिति : October 3, 2021 at 4:20 pm










