२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

लोकतान्त्रिक समाजवादी पार्टी छाडेका राजकुमार लेखी नेकपा एमालेमा प्रवेश

१७ असोज, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी छाडेका राजकुमार लेखी नेकपा एमाले प्रवेश गरेका छन् । गोदावरीमा जारी विधान महाधिवेशनको अन्तिम दिन लेखीसहित नेपाली काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ता ५५ जना एमालेमा प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले लेखीलाई पार्टीमा स्वागत गरेका थिए । एमालेबाटै आफ्नो राजनीतिको सुरुवात गरेका उनले पुनः एमालेमै लाग्ने बताए । लेखीले पहिलो संविधानसभा विघटनपछि एमाले छाडेका थिए । पछिल्लो पटक जनता समाजवादी पार्टी विभाजित हुँदा लेखी महन्थ ठाकुर पक्षमा लागेका थिए ।

प्रकाशित मिति : October 3, 2021 at 3:18 pm