१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

अरब सागरमा सुरू भएको शाहीन चक्रवात मस्कट तटीय क्षेत्रतर्फ बढ्दै

१८ असोज, मस्कट । अरब सागरलाई केन्द्रविन्दु बनाएर शाहीन चक्रवात सुरु भएको छ । यमनको राजधानी मस्कटदेखि ६ सय ५० किलोमिटर टाढा अरब सागरमा सुरू भएको चक्रवात तीव्र गतिमा ओमान सागर तथा मस्कट तटीय क्षेत्रतर्फ बढिरहेको ओमनको विपद् पूर्व सर्तकता केन्द्रले जनाएको छ ।

चक्रवातका कारण ठूलो हावाहुरी आउने र ६ सय मिलिमिटरसम्म भीषण वर्षा हुनसक्ने बताइएको छ । साइक्लोनको प्रभाव उत्तरी मस्कटमा दुई÷तीन दिनसम्म पर्ने सर्तकता केन्द्रले जनाएको छ । सरकारले तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई सुरक्षित क्षेत्रतर्फ जान सुझाब दिएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आईतवार १४:३४