२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

राष्ट्रिय युवा संघ बन्दीपुर गाउँकमिटी अध्यक्षमा बसन्त पौडेल

१७ असोज, तनहुँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ बन्दीपुर गाउँकमिटी अध्यक्षमा वसन्त पौडेल सर्वसम्मत चयन भएका छन् । तनहुँको डुम्रेमा भएको युवाहरुको वृहत भेलाले युवा व्यवसायी एवम् सञ्चारकर्मीसमेत रहेका पौडेलको अध्यक्षतामा ६३ सदस्यीय राष्ट्रिय युवा संघ बन्दीपुर गाउँकमिटी गठन गरेको हो ।

्करमिटीको सहअध्यक्षमा जगलाल थापा चयन भएका छन् । भेलामा प्रमुख अतिथिको रुपमा उपस्थित राष्ट्रिय युवा संघ गण्डकी प्रदेश सचिव विकास अधिकारीले युवा संघलाई युवाहरुको आर्कषणको केन्द्र बनाइने बताए ।

राष्ट्रिय युवा संघका अध्यक्ष पौडेलले बन्दीपुर गाउँपालिकाका ६ वटै वडामा राष्ट्रिय युवा संघका कमिटीहरु गठन गरेर संगठनलाई व्यवस्थित र चुस्त बनाएर जनताको सेवामा लाग्ने बताए ।

प्रकाशित मिति : October 3, 2021 at 10:59 am