१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

तालिवानले विश्वविद्यालयमा पनि महिलालाई लगायो प्रतिबन्ध

१३ असोज, काबुल । तालिवानले महिलालाई विश्वविद्यालयमा जान प्रतिबन्ध लगाएको छ । उसले विश्वविद्यालयमा काम गर्ने महिला कर्मचारीलाई पनि घरमै बस्न भनेको छ । ‘इस्लामिक वातावरण कायम नहुन्जेल’ भन्दै तालिवानले विश्वविद्यालयका महिलालाई प्रतिबन्ध लगाएको हो ।

तालिवानल नियुक्त गरेको विश्वविद्यालयका चान्सलर मोहम्मद असरफ गैरातले यस्तो घोषणा गरेका हुन् । ‘स्लामिक वातावरण नबनुन्जेल महिलालाई विश्वविद्यालयमा अनुमति दिइने छैन्,’ गैरातले ट्विट गर्दै भनेका छन् ।

काबुल विश्वविद्यालयमा मात्र झन्डै नौ हजार चार सय ६० महिला अध्ययन गर्छन् । यो कूल विद्यार्थी संख्याको ४३ प्रतिशत हो । तालिवानको प्रतिबन्धपछि अफगान महिला थप चिन्तित छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार १४:५९