२६ जेष्ठ २०८३, मंगलबार | Wed Jun 10 2026

माधव नेपालको पार्टी रामकुमारी झाँक्रीको नेतृत्वमा सरकारमा सहभागी हुने, यी हुन मन्त्री

११ असोज, काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । आजै राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन)–२०७८ राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेपछि सम्भवतः भोलि नै गठबन्धन दलले मन्त्रिमण्डल विस्तार गर्ने छन् ।

नेकपा (एस)का केन्द्रीय सदस्य मेटमणि चौधरीले पार्टीले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको बताएका छन् । नेकपा एस सचिव रामकुमारी झाँक्रीको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।

नेकपा (एस)ले रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ, किसान श्रेष्ठ, विरोध खतिवडा, मेटमणि चौधरीलाई सरकारमा सहभागी गराउँदै छ । नेकपा एसले ६ मन्त्रालय पाउने भएको छ ।

उनले आजै अध्यादेश खारेज भइसकेकोले भोलीसम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताए । प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भएको साढे दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । न्युजकारखाना

प्रकाशित मिति : September 27, 2021 at 9:45 pm