१० पुष २०८२, बिहीबार | Fri Dec 26 2025

अस्ट्रेलियाका प्रधानमन्त्री कोप–२६ सम्मेलनमा सहभागी नहुने

११ असोज, सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले राष्ट्रसंघले आयोजना गर्ने जलवायु परिवर्तनसम्बन्धी कोप–२६ सम्मेलनमा सहभागी नहुने संकेत गरेका छन् ।

जलवायु सुधारका क्षेत्रमा अस्ट्रेलियाले उल्लेख्य काम नगरेको आरोप लागिरहेका बेला प्रधानमन्त्री मोरिसन सम्मेलनमा नजाने संकेत गरेका हुन् । अस्ट्रेलियाको एक पत्रिकालाई अन्तर्वार्ता दिने क्रममा उनले भने, ‘सम्मेलनमा सहभागी हुने बारेमा अन्तिम निर्णय गरेको छैन् ।’

यसअघि बिभिन्न देशमा भएका कार्यक्रममा सहभागी हुनुअघि प्रधानमन्त्री मोरिसन अनिवार्य क्वारेन्टिनमा बस्नु परेको थियो । ‘कार्यक्रममा सहभागी हुन जाँदा पटक पटक क्वारेन्टिनमा बस्नु परेको छ,’ उनले भने । यही अक्टोबरमा स्कटल्यान्डको ग्लासगोमा कोप– २६ वैठक आयोजना हुँदैछ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार १३:०१