२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

मन्त्रिपरिषद् विस्तार बिहीबार हुन्छ : अध्यक्ष प्रचण्ड

६ असाेज, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । बुधबार पार्टी कार्यालयमा बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै बिहीबारसम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् ।

बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले बैठकमा अध्यक्षले गरेको ब्रिफिङका क्रममा अध्यादेशका कारण ढिला भए पनि अव ढिला नहुने जानकारी गराएको बताए ।

‘अध्यक्षले समसामयिक विषयमा रिपोर्टिङ गर्नुभयो, त्यस क्रममा सरकार विस्तारको विषय अध्यादेशले ढिलो भयो, अव यसलाई टुङ्ग्याएर आज वा भोलिभित्र मन्त्रिपरिषद् विस्तार हुन्छ’, प्रचण्डको भनाई उद्धृत गर्दै महराले भने, ‘दल विभाजनसम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाउन प्रतिस्थापन विधेयक ल्याउन सकिन्छ ।’ त्यस्तै बैठकले माओवादीको प्रवास समितिले बनाएको निर्देशिकालाई समेत अनुमोदन गरेको छ ।

प्रकाशित मिति : September 22, 2021 at 6:01 pm