प्रधानमन्त्री देउवालाई पौडेल पक्षले प्रश्नः हामीले पाउने मन्त्री संख्या कति हो ?
६ असाेज, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसभित्र छलफल नै नगरी मन्त्री चयन गरेकामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आपत्ति जनाएको छ । आज महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगन्जमा बसेको बैठकले आफूहरुले पाउने मन्त्री संख्या किटान गर्न आग्रह गरेको छ ।
सभापति शेरबहादुर देउवाले व्यक्तिगत रूपमा मन्त्री नियुक्त गरेपछि असन्तुष्टिसहित बसेको पौडेल समूहको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम सामूहिक निर्णयबाट तय गर्ने समझदारी गरेको हो ।

प्रधानमन्त्री देउवाले ४ वटा मन्त्रालय लिइसकेकाले आफूहरुले पाउने संख्या माग गरिएको पौडेल पक्षका नेता बलबहादुर केसीले जानकारी दिए । उनले प्रधानमन्त्री देउवाले कांग्रेसले पाउने सबै मन्त्री राखेकाले अब कांग्रेसको संख्या कति भन्दै जवाफ माग गरेको बताए ।मन्त्रिपरिषद्मा प्रधानमन्त्रीसहित गृह, कानुन, स्वास्थ्य र परराष्ट्र मन्त्रालय कांग्रेसले लिइसक्यो ।
प्रकाशित मिति : September 22, 2021 at 5:33 pm










