३१ श्रावण २०८३, आइतबार | Mon Aug 17 2026

नेविसंघका महामन्त्री बलदेव तिमल्सिना वडामै पराजित

६ असाेज, काठमाडाैँ । नेविसंघका महामन्त्री बलदेव तिमल्सिना नेपाली कांग्रेसको वडा अधिवेशनमा पराजित भएका छन्। तिमल्सिना मंगलबार सिन्धुपाल्चोकमा भएको वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधि उठेका थिए।

उनी सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ३ बाट उठेका थिए। उनको पक्षमा जम्मा ७७ मत ल्याए भने उनलाई पराजित गर्नेले उनीभन्दा १७ मत बढी ल्याएका थिए। तिमल्सिना पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट हुन्। सिन्धुपाल्चोकमा केन्द्रीय सदस्य मोहन बस्नेत पक्षधरले अधिकांश स्थानमा वडा र क्षेत्रीय प्रतिनिधि जितेका छन्। बस्नेत कांग्रेस सभापति शेरबहादुर देउवा निकट हुन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री सिटौला पक्षधरका जिल्ला तहका नेताहरू पनि वडामै पराजित भएका छन्। जिल्ला सभापति उठ्ने तयारी गरिरहेका भूपेन्द्रबहादुर थापा पनि वडामै पराजित भएका छन् भने महिला संघ सिन्धुपाल्चोककी अध्यक्ष गीता नेपाल पनि क्षेत्रीय प्रतिनिधिमा पराजित भइन् ।

यस्तै सुनकोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पौडेल पनि वडामै पराजित भएकी छन्। अधिकांश ठाउँमा सर्वसम्मत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गरिए पनि केही ठाउँमा चुनाव भएको थियो।

प्रकाशित मिति : September 22, 2021 at 5:11 pm