बामदेवले प्रधानमन्त्री बन्न भोट मागेको बर्दियामा आज एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने
६ असोज, काठमाडौँ । एमाले छाडेका बागमदेव गौतमले गति निर्वाचनमा प्रधानमन्त्री हुन्छु भनेर भोट मागेको बर्दियामा बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन । ओलीले बुधबार बर्दिया र बाँकेका दुइवटा सभामा सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।
गौतमले प्रधानमन्त्री बन्छु भोट दिनुस् भेनर मागे पनि बर्दियाका जनताले गौतमलाई निर्वाचनमा भारी मतले पराजित गराएका थिए । ओलीको सचिवालयका अनुसार विहान ११ बजे बर्दीयाको गुलरियामा आयोजना हुने जिल्ला कार्यकर्ता भेला र १ बजे नेपालगञ्जमा जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति : September 22, 2021 at 8:51 am










