नेकपा एसको केन्द्रीय कमिटी बैठक सुरु
५ असोज, काठमाडौँ । नेकपा नेकपा (एकीकृत समाजवादी) काे केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु भएको हो । एकीकृत समाजवादी गठन भएपछि पहिलाे पटक बैठक बस्दैछ ।

एमालेबाट विभाजन भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले राजनीतिक तथा समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बाेलाएकाे हो ।
प्रकाशित मिति : September 21, 2021 at 2:07 pm










