३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

सुनिल थापासँगै कांग्रेस गएका राप्रपा कार्यकर्ताले सदस्यता पाएनन्

५ असोज, काठमाडाैँ । नेपाली कांग्रेसमा सुनिलबहादुर थापासँगै प्रवेश गरेका राप्रपा कार्यकर्ताले सदस्यता नपाए पछि तनाव भएको छ । मोरङमा थापा निकटका राप्रपाका कार्यकर्ताले अझै कांग्रेसको क्रियाशिल सदस्यता प्राप्त गर्न नसकेका हुन ।

माेरङमा सदस्यता विवाद भएपछि थापा निकटका नेता कार्यकर्ता सदस्यता पाउनुपर्ने दाबीसहित अदालतमा पुगेका छन । उनीहरूले अधिवेशन रोक्न माग गरेका छन ।

मोरङमा क्रियाशील सदस्यता विवाद भएपछि एक पक्ष अदालत पुगेको हो । सहमहामन्त्री सुनिलबहादुर थापा पक्षले अधिवेशन रोक्न माग गर्दै सोमबार उच्च अदालतमा रिट निवेदन दर्ता गराएको हो । थापा पक्षले अधिवेशन सम्बन्धी सबै प्रक्रिया रोक्न माग गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर कांग्रेस प्रवेश गरेका थापासँगै कांग्रेसमा आएकाहरूले क्रियाशील सदस्यता नपाएको गुनासो गरेका छन् ।

कांग्रेसले गाउँरनगरपालिका अधिवेशन असोज गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको छ ।

प्रकाशित मिति : September 21, 2021 at 8:42 am