एमाले स्थायी कमिटी बैठक सकियो
३ असाेज, काठमाडाैँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ। आज ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको बैठकमा राजनीतिक प्रतिवेदन, विधान प्रस्ताव र सांगठनिक प्रतिवेदन पेश भएको एमाले प्रचास प्रसार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

भट्टराईका अनुसार आजको बैठकमा युवराज ज्ञवाली, पुष्प कँडेल र केशव बडालले आफ्नो विचार राखेका थिए । स्थायी कमिटी बैठक भाेलि पुनः बस्ने छ ।
प्रकाशित मिति : September 19, 2021 at 5:47 pm










