१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

अफगानिस्तानलाई बाहिरबाट नियन्त्रण गर्न सम्भव छैनः इमरान खान

१ असोज, एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई बाहिरबाट नियन्त्रण गर्न सम्भव नभएको बताएका छन् ।सांघाई सहयोग संगठनको ताजकिस्तानमा जारी समिटमा सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री ख़ानले अफगानिस्तानको इतिहासले नै कहिल्यै पनि बाहिरबाट नियन्त्रण गर्न नसक्ने पुष्टि गरेको बताए ।

आफगानी नागरिकले आफ्नो स्वतन्त्रताको मूल्यलाई नछाडेको उनको भनाइ थियो । अचानक अमेरिका र उसका सहयोगी अफगानिस्तानबाट फिर्ता हुनु र तालिवान सत्तामा आएपछि विश्वमा अफगानिस्तानले नयाँ परिस्थितिको सामना गरिरहेको खानले बताए ।

उनले सबै आफगानी नागरिकको अधिकारको रक्षा जरूरी रहेको र तालिवानले सबैलाई समेटेर जानुपर्ने बताए । आफगानिस्तानलाई पुन: आतंकवादीको आश्रयस्थल बन्न नदिने सुनिश्चितता पनि गर्नुपर्ने खानको सुझाव थियो ।

प्रकाशित मिति : September 17, 2021 at 4:39 pm