८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

१३० दिनपछि डिस्चार्ज भएका भारतीय भन्छन्, कोभिडलाई सामान्य नसोचौं

३१ भदौ, एजेन्सी । कोभिड पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका विरामी कहिले डिस्चार्ज हुन्छन् ? सामान्यतया दुई सातादेखि बढीमा एक महिनामा अस्पतालबाट फर्किन्छन् । तर, भारतका एक कोभिड बिरामी १३० दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । अर्थात् ४ महिनापछि उनी निकाे भएका हुन् ।

विश्वास सइनीमा २८ अप्रिलमा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी घरमै आराम गरे । केही दिनपछि उनलाई झन् गम्भीर भयो । अवस्था गम्भीर भएपछि उनलाई स्थानीय नुतीमा अस्पतालमा भर्ना गरिएको थियो ।

अवस्था नाजुक भएकोले उनी लामो समय अस्पताल बस्नुपरेको उनको उपचारमा संलग्न डा. अभनित राना बताउछन् । ‘उनलाई २८ अप्रिलमा कोभिड भएको रहेछ । सुरुमा उनलाई घरमा राखिएको रहेछ । तर उनको अवस्था गम्भीर भएपछि अस्पताल ल्याइएको पाइयो । उनलाई हामी झन्डै १ महिना भेन्टिलेटरमा राखेर उपचार गर्यौ ।

उनमा अक्सिजनको तह १६ पुगेको थियो’, डा. रानाले भने । बिरामीमा ठूलो इच्छाशक्ति भएकोले ढिलै भए पनि कोभिड पराजित गरेको चिकित्सकको भनाइ छ । १३० दिनपछि अस्पतालबाट डिस्चार्ज भएपछि विश्वास दंग छन् । ‘लामो समयपछि घर आउन पाउँदा खुसी त लाग्ने नै भयो नि’ उनी भन्छन् ।

आफू नजिकैको बेडको बिरामी संक्रमणका कारण मृत्यु हुँदा उनी नझस्किएका होइनन्, तर पनि उनी धैर्य रहे । उनको उपचारमा खटिएका चिकित्सकका अनुसार विश्वासको अवस्था अहिले सामान्य छ र उनले औषधि खाइरहेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार १३:०३