१८ आश्विन २०८१, शुक्रबार | Sat Oct 5 2024

चीनमा शक्तिशाली भूकम्प, २ जनाको मृत्यु

३१ भदौ, बेइजिङ । चीनको दक्षिण पश्चिम सिचुवान प्रान्तमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २ जनाको मृत्यु भएको छ । भूकम्पमा परि दर्जनौँ घाइते भएका छन् भने केही घरहरू भत्किएका छन् ।

बिहीबार बिहान ४ः३३ मा १० किलोमिटर गहिराइबाट ६.० म्याग्निच्युडको भूकम्प गएको सिन्ह्वा न्युज एजेन्सीले जनाएको छ । सीसीटीभीका अनुसार ६० जना घाइते भएका छन्, त्यसमध्ये तीनजनाको अवस्था गम्भीर छ । ३५ घर भत्किएका छन् । भूकम्पपछि उद्धारकार्य भइरहेको बताइएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार ११:५७