२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

बैतडीमा संगठित सदस्य दोब्बरले वृद्धि गर्ने एमालेको योजना

-सीपी लोहिया

३० भदौ, बैतडी । नेकपा एमाले बैतडीले अगुवा कार्यकर्ता प्रशिक्षण तथा भेलामार्फत संगठित सदस्य १५ हजार पुर्‍याउने गरी कार्यक्रम जारी राखेको छ । गत एक महिना यता सुरू भएको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममार्फत संगठित सदस्य दोब्बरले वृद्धि गर्ने एमाले बैतडीको योजना छ ।

अन्तिम चरणमा पुगेको अगुवा कार्यकर्ता प्रशिक्षण तथा भेला कार्यक्रममार्फत आठ हजारले वृद्धि गरेर संगठित सदस्य १५ हजार पुर्‍याउने उद्देश्य राखेको एमाले बैतडीका जिल्ला सचिवालय सदस्य लोकेन्द्र भण्डारीले बताए ।

६ कात्तिकमा वडा कमिटीको अधिवेशन र ९ गते हुने पालिका कमिटीको अधिवेशनलाई लक्षित गरि कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।

निस्क्रिय अवस्थामा रहेका वडा र पालिकाका अधिकांश सदस्यहरूलाई सक्रिय गराई संगठन विस्तार गरिरहेको पार्टीका जिल्ला कमिटि सदस्य तथा मेलौली नगरपालिका–५ का वडाअध्यक्ष बलभद्र दयालले बताए । आगामी १५–१७ असोजमा नेकपा एमालेको विधान अधिवेशन हुने छ भने मंसिरमा महाधिवेशन हुँदै छ ।

प्रकाशित मिति : September 15, 2021 at 2:26 pm