माओवादीका हामी नेताहरू नै बिग्रियौँ, गुटबन्दीले तनाव भोः प्रचण्ड
३० भदौ, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका लागि सडकमा जानुपर्ने हुनसक्ने भएकाले तयारी अवस्थामा रहन नेता कार्यकर्तालाई निर्देशन दिएका छन ।
माओवादीका पूर्व महासचिव स्वर्गीय पोष्टबहादुर बोगटीको स्मृतिमा भएको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले संविधान बनाउने बेला नै आफूहरुले फरक मत राखेको र त्यो मुद्दा उठाउनुपर्ने समय आएको बताए ।
उनले राजनीतिक दलहरूको बीचमा सहमति नभए सडकमा जानुपर्ने भन्दै त्यसका लागि तयार रहन निर्देशन दिए । उनले माओवादीका माथिल्लो तहका नेताहरू बिग्रिएको पनि बताए ।
उनले नेताहरू बिग्रिए पनि क्रान्ती र आन्दोलनका लागि तल्लो तहका नेता कार्यकर्ता सधैँ तयार रहेको बताए । उनले, ‘बिग्रिएका हामी माथिका नेताहरु मात्रै रहेछौं । गुट बनाउँदा फाइदा हुन्छ भन्ने नेतृत्व पंक्ति मात्रै बिग्रिएको रहेछ भन्ने अहिले पुष्टि भएको छ ।’
प्रचण्डले क्रान्तिकारी विरासत भएको माओवादी आन्दोलन र नेतृत्वले बाटो बिराएर गलत दिसा समातेको पनि बताए । युद्धको बेला अप्ठेरो ठाउँमा जिम्मेवारी लिन हानथाप गर्ने पार्टी पंक्ति अहिले गुट बनाएर फाइदा लिन मात्र केन्द्रित भएको भन्दै उनले आक्रोश पोखे ।
प्रकाशित मिति : September 15, 2021 at 12:00 pm










