२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

सभामुख सापकोटाले बोलाएको बैठकमा को गए, को गएनन् ?

२८ भदौ, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बाेलाएकाे सर्वदलीय बैठक जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी बैठकमा संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन् ।

सदनको गतिरोध अन्त्य गर्न सभामुख सापकोटाले डाकेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले सहभागिता जनाएको छैन । अध्यक्ष केपी ओलीलाई डाकिएको भए पनि उनी सहभागी भएनन् ।

प्रमुख प्रतिपक्षी दलले बहिस्कार गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख सापकोटा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका नेता प्रेम सुवाल, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।

आफूले कारबाही गरेका १४ सांसदको सूचना पाटीमा टाँस नगरेसम्म एमालेले सदन अवरुद्ध गर्ने अडान राखेपछि सभामुख सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

प्रकाशित मिति : September 13, 2021 at 4:02 pm