सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक
२७ भदाै, काठमाडाैँ । सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गरेपछि जारी गतिरोध अन्त्यका लागि सोमबार दिउँसे साँढे दुई बजे लोत्से हलमा बैठक बोलाएका हुन् ।

आइतबारकाे बैठक पनि एमालेको अवरोधका कारण थगित गरिएको छ । एमालेले विरोधमा निरन्तरता दिएपछि एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र खगराज अधिकारीसँग छलफल गरेका थिए ।
छलफलमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि उपस्थित थिए । एमाले माधव नेपालसहित १४ जना सांसदमाथि गरेको कारवाही सदर नगरेको भन्दै समाभुखसँग रुष्ट छ ।
प्रकाशित मिति : September 12, 2021 at 7:10 pm










