एमालेको आन्तरिक एकतामा आँखा नलगाउन अन्य दललाई महासचिव पोखरेलको चेतावनी
२१ भदाै, काठमाडाैँ । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले एमालेको आन्तरिक एकतामा आँखा नलगाउन अन्य दललाई चेतावनी दिएका छन ।
आइतबार राति एक विज्ञप्ती जारी गर्दै महासचिव पोख्रेलले सरकारले अलोकतान्त्रिक अध्यादेश ल्याएर एमालेका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधीलाई पार्टी चोइटिएको पार्टीमा जान पाउने बाटो खुला गर्नु अलोकतान्त्रिक कदम भएको बताएका छन ।
‘२१ दिनको समयअवधी भित्र एमालेका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनीधीलाई चोइटिएको पार्टीमा लाग्न अन्य दलका नेता कार्यकर्ताले धम्क्याउने, प्रलोभन दिने जस्ता कामप्रति हाम्रो गम्भिर ध्यानआकर्षण भएको छ’ पोखरेलले विज्ञप्तीमा भनेका छन ।
पोखरेलले देशैभरीका एमालेका जनप्रतिनिधीहरुलाई कसैको धाक धम्की वा प्रलोभनमा नपरी पार्टी विभाजनको विपक्षमा उभिन आहवान समेत गरेका छन ।
प्रकाशित मिति : September 6, 2021 at 8:20 am










