२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

बागमती प्रदेशमा एमाले सांसद मीना ज्ञवालीले रोजिन् एकीकृत समाजवादी

१८ भदाै, हेटौंडा । नेकपा एमालेबाट निर्वाचित वागमती प्रदेशसभा सदस्य मीना नेपाल ज्ञवालीले नेकपा एकीकृत समाजवादी रोजेकी छन् । समानुपातिक सांसद ज्ञवालीले शुक्रबार हेटौंडास्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी हुन् ।

याेसँगै वागमती प्रदेशसभामा एकीकृत समाजवादीका १३ जना सांसद पुगेका छन् । यसअघि राजेन्द्र पाण्डेसहित ११ सांसदले साे पार्टीका पक्षमा सनाखत गरिसकेका छन् । वागमतीमा एमालेका ५६ जना सांसद रहेकोमा अब ४३ जना बाँकी रहेका छन् ।

एकीकृत समाजवादी रोजेकी ज्ञवालीका पति रुद्र नेपाल भने एमालेनिकट कानून व्यवसायीहरूको संगठन पीपीएलएका अध्यक्ष हुन् । उनी भने पार्टी विभाजनको विपक्षमा छन् ।

प्रकाशित मिति : September 3, 2021 at 5:18 pm